तपाईँ सुन्दै हुनुहुन्छः

डडेल्धुराको मतगणना ११ बजेबाट सुरु हुने

डडेल्धुरा । डडेल्धुरामा प्रतिनिधि सभा निर्वाचनको मतगणना ११ बजेबाट सुरु हुने भएको छ ।
आज बिहान बसेको सर्वदलीय बैठकमा ११ बजेबाट मतगणना सुरु गर्ने सहमती भएको हो। मतगणना परशुराम नगरपालिकाबाट सुरु हुने भएको छ । परशुराममा २२ हजार २९१ मत मध्ये ११ हजार ९३७ मत खसेको छ ।
जिल्लाको कुल मतदाता ९३ हजार ४०३ रहेकोमा ४५ हजार ९०९ मत खसेको छ । जसमा महिला २५ हजार ३१३ र पुरुष २०५९६ रहेका छन । १४२ वटा मतदानकेन्द्र रहेकोे जिल्लामा सबै मतदानकेन्द्रमा शान्तिपुर्ण रुपमा मतदान सम्पन्न भएको जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button