तपाईँ सुन्दै हुनुहुन्छः

निर्वाचनमा खटिएको सेना लिएर जाँदै गरेको बस दुर्घटना : २४ जना घाइते

भोजपुर । भोजपुर नगरपालिका वडा नम्बर ३ स्थित सेतीबगर नजिकै निर्वाचनमा खटिएको सेना लिएर जाँदै गरेको ना४ख ७३१७ नम्बरको बस दुर्घटना भएको छ । 

२४ जना नेपाली सेना र चालकसहित २६ जना सवार बस दुर्घटना भएको हो । 

दुर्घटनामा परी २४ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रमुख प्रहरी नायव उपरीक्षक राजु लामाले जानकारी दिनुभयो । 

उहाँका अनुसार बस सडक नजिकैको घुम्तीबाट तल खसेको छ । दुर्घटनामा परी गम्भीर घाइते ८ जनालाई सेनाको दुई वटा हेलिकप्टरमार्फत थप उपचारका लागि काठमाडौँ पठाइसकिएको नेपाली सेनाले जनाएको छ । 

जिल्लाको पश्चिम टेम्केमैयुङ गाउँपालिकामा निर्वाचन सुरक्षा तयारीका लागि नेपाली सेनाको नयाँ श्रीनाथ गण भोजपुरबाट गएको सेनाको बस दुर्घटना भएको छ । 

दुर्घटनामा परी घाइते अन्यको जिल्ला अस्पताल भोजपुरमा उपचार भइरहेको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button