एमाले डोल्पाद्वारा उम्मेदवार छनौटका लागी ३ जनाको नाम सिफारिस
डोल्पा । नेकपा एमाले डोल्पाले प्रतिनिधि सभा सदस्य निर्वाचनको उम्मेदवारका लागि ३ जनाको नाम सिफारिस गरेको छ । सदरमुकाम दुनैमा बसेको पूर्ण बैठकले उम्मेदवार छनौटका लागि ३ जनाको नाम सिफारिस गरेको हो ।

एमाले डोल्पाले डोल्पा पार्टी अध्यक्ष लङक बहादुर रोकाया, केन्द्रिय सदस्य तथा महिला बदमी क्वारी बोहोरा, प्रदेश सदस्य तथा समावेशीबाट पूर्ण बहादुर डाँगीलाई आगामी फागुन २१ गते आउने प्रतिनिधि सभा सदस्य निर्वाचनको उम्मेदवार लागि छनोट गरेको छ । जिल्लाका नेता तथा कार्यकर्ताहरूले एकल उम्मेदवार सिफारिसका लागि दबाब दिए पनि ३ जनाबिच सहमति नहुँदा ३ जनाकै नाम सिफारिस भएको नेकपा एमाले डोल्पाले जनाएको छ ।








प्रतिक्रिया राख्नुहोस्