तपाईँ सुन्दै हुनुहुन्छः

२५ जनाभन्दा बढी संख्या भएपछि राज्य व्यवस्था समिति बैठक स्थगित

काठमाडौँ । २५ जनाभन्दा बढी संख्या भएका कारण राज्य व्यवस्था तथा सुशासन समितिको आजको बैठक स्थगित भएको छ ।

संघ प्रदेश र स्थानीय तहबीचको अन्तर सम्बन्ध ब्यवस्थित गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथि संशोधन कर्ताहरुसँगको छलफलका लागि तोकिएको बैठकमा सांसदसहित २५ जनाभन्दा धेरै व्यक्तिहरु जम्मा भएपछि बैठक स्थगित भएको हो ।

बैठकमा समितिका सदस्यहरु, संशोधनकर्ता सांसदहरु, पत्रकारहरु, कर्मचारी सबै गर्दा संख्या धेरै भएपछि सांसदहरुले सरकारको निर्णय विपरित जान नहुने भन्दै सभापतिलाई बैठक स्थगित गर्न आग्रह गर्नु भएको थियो ।

सरकारले २५ जनाभन्दा धेरै मानिसहरु एकै ठाउँमा भेला नहुन, भिडभाडमा नजान र सर्तकता अपनाउन आग्रह गरेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button