चन्द्र नहरमा डुबेर २१ महिने बालकको मृत्यु
सप्तरी । सप्तरीको सप्तकोसी नगरपालिकामा चन्द्र नहरमा डुबेर २१ महिने बालकको मृत्यु भएको छ ।
जिल्लाको सप्तकोसी नगरपालिका २ सिद्धिपुरका राज कुमार रामको २१ महिने छोरा सन्दिप रामको नहरमा डुबेर मृत्यु भएको वडा नम्बर २ का अध्यक्ष जाहिर हुसेनले जानकारी दिनुभयो ।
घर नजिकैको चन्द्रनहर (छोटी नहर) को डिलमा खेल्दै गरेका राम बिहान ८ बजे नहरमा डुबेका थिए । मृतक बालकको शव अपराह्न १२ बजे १.५ किलोमिटर दक्षिण नहरमा फेला परेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया राख्नुहोस्