तपाईँ सुन्दै हुनुहुन्छः

पेट्रोल छर्केर आगो लगाइएका रुपलाल चौधरीको मृत्यु

दाङ। दाङमा पेट्रोल छर्केर आगो लगाइएका रुपलाल चौधरीको उपचारका क्रममा मृत्यु भएको छ ।

राजपुर गाउँपालिका–२, बलुवाडाँडाका स्थानीय बासिन्दा चौधरीको आज बिहान ५ बजे नेपालगञ्जस्थित भेरी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय दाङका अनुसार चौधरीमाथि हिजो सोही क्षेत्रका स्थानीय तिलोक कार्कीले पेट्रोल छर्केर आगो लगाई फरार भएका थिए ।

घटनालगत्तै प्रहरीले आरोपित कार्कीलाई पक्राउ गरेको थियो ।घटनाको कारण, संलग्न व्यक्तिको भूमिका तथा अन्य विवरणबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button