तपाईँ सुन्दै हुनुहुन्छः

अनाधिकृत संरचना १५ दिनभित्र हटाउन सडक डिभिजनको निर्देशन

अछाम । सडक डिभिजन कार्यालय साँफेबगर, अछामले सडकको अधिकार क्षेत्रभित्र निर्माण गरिएका अनाधिकृत संरचना १५ दिनभित्र हटाउन सम्बन्धित व्यक्ति तथा संस्थालाई आग्रह गरेको छ।

कार्यालयले दोस्रो पटक सार्वजनिक सूचना जारी गर्दै मध्यपहाडी राजमार्गअन्तर्गत बेलखेत–विनायक–मंगलसेन–बयलपाटा–साँफेबगर सडक खण्ड (एनएच–०३) को कायम सडक सीमाभित्र रहेका घर, टहरा, पर्खाल, पसललगायतका संरचना हटाउन आग्रह गरेको हो।

सार्वजनिक सडक ऐन, २०३१ तथा प्रचलित कानुनविपरीत निर्माण गरिएका संरचना र सडक आवागमनमा अवरोध पुग्ने गरी राखिएका सामग्री हटाउन कार्यालयले सूचित गरेको छ।

सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र सम्बन्धित व्यक्ति तथा संस्थाले आफ्ना संरचना आफैँ हटाई सडकको अधिकार क्षेत्र खाली गर्नुपर्नेछ।

तोकिएको समयभित्र संरचना नहटाए कार्यालयले प्रचलित कानुनबमोजिम हटाउने र त्यस क्रममा लाग्ने खर्चसमेत सम्बन्धित व्यक्ति वा संस्थाबाट असुलउपर गर्ने सडक डिभिजन कार्यालय साँफेबगरले जनाएको छ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button