सरकारको स्पिरिटअनुसार रूपान्तरण हुन प्रहरीलाई गृहमन्त्रीको आग्रह
काठमाडौँ। गृहमन्त्री सुदन गुरुङले नेपाल प्रहरीलाई आम नागरिकले राज्यसँग राखेको अपेक्षा पूरा गर्न सरकारको स्पिरिट अनुसार रूपान्तरण हुन आग्रह गर्नुभएको छ ।

७१ औँ प्रहरी दिवसका अवसरमा प्रहरी प्रधान कार्यालयमा आयोजना गरिएको अमर प्रहरीप्रति श्रद्धाञ्जली कार्यक्रममा गृहमन्त्री गुरुङले अपराध अनुसन्धानलाई नागरिकमैत्री बनाउन आग्रह गर्दै अपराध नियन्त्रणमा शुन्य सहनशीलता राख्न पनि आग्रह गर्नुभयो ।

सही कार्य गर्नका लागि सरकार सदैव नेपाल प्रहरीको साथमा रहेको बताउँदै गृहमन्त्री गुरुङले गलत कामको कहिल्यै संरक्षण नहुने बताउनुभयो ।
समारोहमा प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले प्रहरी सेवालाई प्रविधिमैत्री बनाउँदै लगिएको जानकारी दिनुभयो ।
समारोहमा प्रहरी महानिरीक्षक कार्कीले प्रधानमन्त्री बालेन्द्र शाहको शुभकामना सन्देश पढेर सुनाउनुभएको थियो ।
यस वर्षको प्रहरी सेवाका वहालवाला कर्मचारीले पाउने यस वर्षको पुलिस ब्याटन सम्मान लुम्बिनी प्रदेश प्रहरी प्रमुखका रुपमा कार्यरत डिआइजी भुपेन्द्र खड्कालाई प्रदान गरिएको थियो ।








प्रतिक्रिया राख्नुहोस्