तपाईँ सुन्दै हुनुहुन्छः

इलाममा  सवारी  दुर्घटना ,चालकको मृत्यु

इलाम I इलामको  देउमाई नगरपालिका–१, साधुगाउँमा बोलेरो गाडी दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको छ।

बिहीबार बिहान साधुगाउँबाट देउरालीतर्फ जाँदै गरेको प्र.१–०१–००१ ज ३७०६ नम्बरको बोलेरो गाडी साधुगाउँ–देउराली भित्री सडकखण्डमा पल्टिँदा देउमाई नगरपालिका–१, चमैताका अन्दाजी ३५ वर्षीय चालक तीर्थराज बस्नेतको मृत्यु भएको हो।

गाडीले थिचिएर बस्नेतको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार गाडीमा चालक एक्लै सवार थिए। दुर्घटनाको कारण खुल्न सकेको छैन। घटनाबारे थप अनुसन्धान तथा कानुनी प्रक्रियाका लागि इलाका प्रहरी कार्यालय मङ्गलबारेबाट प्रहरी निरीक्षक सन्तोषकुमार राईको कमाण्डमा  टोली खटिएको जनाइएको छ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button