तपाईँ सुन्दै हुनुहुन्छः

भोटेकोशी बाढी अपडेट : १ हजार ३८३ जनाको शव फेला

काठमाडौँ । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण बिहीबार साँझ २०ः०० बजेसम्म १ हजार ३ सय ८३ जनाको शव फेला परेको छ । 

जसमध्ये रसुवामा १ सय ८५ जना, नुवाकोटमा १ सय ९९ जना, धादिङमा ७० जना, चितवनमा ३ सय ६४ जना, गोरखामा ७७ जना, तनहुँमा ३८ जना, नवलपरासी पूर्वमा २ सय २८ जना र नवलपरासी पश्चिममा २ सय २२ जना गरी १ हजार ३ सय ८२ जनाको शव फेला परेको हो ।  

फेला परेका शवहरूको पहिचानका लागि डिएनए नमुना सङ्कलन देखि आवश्यक प्रक्रिया पुरा गरी हाल सम्म १ हजार १ सय ४८ वटा शव व्यवस्थापन (माटो मुनि सुरक्षित राखिएको)गरिएको छ । 

शव पहिचानका लागि मृतकका १ हजार २ सय ८६ र आफन्तका १ हजार ७ सय १२ गरी कुल २ हजार ९ सय ९८ वटा डिएनए नमुना सङ्कलन गरिएको छ । साथै पहिचान नभएको १ हजार ३ सय २६ वटा शवहरूको विवरण नेपाल प्रहरीको वेबसाइटमा समेत अपलोड गरिएको छ । 

बाढी प्रभावित क्षेत्रमा उद्धार, खोजी, राहत वितरण, शव व्यवस्थापन लगायतका कार्यका लागि हालसम्म ७ हजार ९ सय ७५ जना प्रहरी कर्मचारीहरू परिचालन गरिएको छ । हालसम्म बेपत्ता भएका ४ हजार ८९ जनाको खोजी कार्य भइरहेको छ । 

यसैगरी विभिन्न जिल्लाहरूमा रहेको होल्डिङ सेन्टरमा ३ हजार १ सय ७६ जना व्यक्तिहरूलाई राखिएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button