नेपाल ओमानलाई ८७ रनले हराउँदै एसीसी प्रिमियर कपको फाइनलमा
काठमाडौँ । मलेसियामा जारी एसीसी मेन्स प्रिमियर कप क्रिकेटको सेमिफाइनलमा नेपालले ओमानलाई ८७ रनले पराजित गर्दै फाइनलमा स्थान बनाएको छ।

पहिले ब्याटिङ गरेको नेपालले ४५ दशमलव चार ओभरमा सबै विकेट गुमाएर १४७ रन बनाएको थियो। नेपालका लागि दीपेन्द्रसिंह ऐरीले ५१ तथा बसिर अहमदले ४७ रन बनाए। सङ्कटमा परेको नेपाललाई दीपेन्द्र र बसिरले ९३ रनको महत्वपूर्ण साझेदारीमार्फत उकासेका थिए।
नेपालका लागि कप्तान सन्दीप लामिछाने र दीपेन्द्रसिंह ऐरीले ३-३ विकेट लिए भने रोहित पौडेल र ललित राजवंशीले २-२ विकेट लिए ।
१४८ रनको लक्ष्य पछ्याएको ओमान नेपाली बलरको उत्कृष्ट प्रदर्शनसामु २८ दशमलव एक ओभरमा ६० रनमै अलआउट भयो। यससँगै नेपालले ८७ रनको शानदार जित निकाल्दै प्रतियोगिताको फाइनलमा स्थान सुरक्षित गरेको हो।
प्रतियोगिताको फाइनल शनिबार, सेप्टेम्बर १२ मा हुनेछ।








प्रतिक्रिया राख्नुहोस्