रसुवा बाढी: प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब रुपैयाँ मौज्दात, १ अर्ब निकासा
काठमाडौँ। गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि राहत, उद्धार तथा पुनर्स्थापनाका लागि आह्वान गरिएको प्रधानमन्त्री राहत कोषमा कुल ११ अर्ब ९८ करोड ९७ लाख ९६ हजार ८४ रुपैयाँ मौज्दात रहेको छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सामाजिक सञ्जालमार्फत उक्त विवरण सार्वजनिक गरेको हो।
सरकारले बाढी प्रभावित क्षेत्रमा राहत तथा पुनर्स्थापनाका लागि सहयोग गर्न सार्वजनिक आह्वान गरेसँगै स्वदेश तथा विदेशबाट रकम संकलन भई कोषमा दाखिला भएको कार्यालयले जनाएको छ।
कोषमा जम्मा भएको कुल रकममध्ये ९ वटा वाणिज्य बैंकका खाताहरूमा ८ अर्ब ७८ करोड ८२ लाख ५८ हजार ३०४ रुपैयाँ मौज्दात रहेको छ भने दुई वटा वाणिज्य बैंकमा गरी २ करोड ११ लाख ४३ हजार ४२७ अमेरिकी डलर मौज्दात छ।
यसैबीच, बाढी प्रभावित क्षेत्रमा तत्काल राहत तथा उद्धार कार्यका लागि कोषबाट १ अर्ब रुपैयाँ राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण (NDRRMA) मा निकासा भइसकेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सामाजिक संजालमार्फत जनाएको छ ।







प्रतिक्रिया राख्नुहोस्