तपाईँ सुन्दै हुनुहुन्छः

मोटरसाइकल ट्रकमा ठोक्किँदा युवकको मृत्यु 

वीरगञ्ज । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत बाराको निजगढ नगरपालिका वडा नम्बर –९ बकैया पुल नजिकै तीव्र गतिमा रहेको मोटरसाइकल ट्रकमा ठोक्किँदा एक युवकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा बाराकै जीतपुरसिमरा उपमहानगरपालिका–११ का २४ वर्षीय अभिषेक चौधरी रहेका छन् ।

प्रहरीका अनुसार शनिबार राति साँढे ९ बजेतिर तीव्र गतिमा रहेको ना ४८ प ५१११ नम्बरको मोटरसाइकल अनियन्त्रित भई ना ५ ख ७८०५ नम्बरको ट्रकको पछाडि ठोक्किँदा मोटरसाइकल चालक चौधरी गम्भीर घाइते भएका थिए । 

गम्भीर घाइते भएका चौधरीलाई उपचारका लागि वीरगन्जस्थित मेडिसिटी बयोधा अस्पताल ल्याइकोमा उपचारकै क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button