तपाईँ सुन्दै हुनुहुन्छः

आँबुखैरेनी र देवघाट गाउँपालिकामा २८ शव भेटिए

तनहुँ। तनहुँ जिल्लाको आँबुखैरेनी गाउँपालिका र देवघाट गाउँपालिकाका विभिन्न क्षेत्रमा बुधबार नौ वटा र बिहीबार १९ वटा गरी २८ शव फेला परेका छन् । 

बुधबार रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि खोज तथा उद्धार गर्ने क्रममा उक्त शव भेटिएको प्रहरीले जनाएको छ । फेला परेका २३ वटा  शव गण्डकी अस्पताल र पाँच वटा शव प्रदेश अस्पताल दमौलीमा राखिएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक द्वारिकाप्रसाद घिमिरेले जानकारी दिनुभयो । 

फेला परेका शवको पहिचानका लागि आवश्यक कानुनी तथा प्रक्रियागत काम अघि बढाइएको उहाँले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button