मुख्यमन्त्री बानियाँले भदौ १ गते विश्वासको मत लिनुहुने
मकवानपुर। बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आगामी भदौ १ गते प्रदेश सभामा विश्वासको मत लिनु हुनेभएको छ ।

सरकारमा सहभागी नेकपा एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि उहाँले प्रदेश सभाबाट विश्वासको मत लिन लाग्नु भएको हो ।
नेकपा एमालेले साउन ६ गते सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि मुख्यमन्त्रीले ३० दिनभित्र प्रदेश सभामा विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ । सोही व्यवस्थाअनुसार बानियाँले भदौ १ गते, सोमबार, दिउँसो १ बजे विश्वासको मत लिने व्यवस्था मिलाउन आज प्रदेशसभालाई पत्राचार गर्नुभएको हो ।
१०४ सदस्यीय बागमती प्रदेश सभामा बहुमतका लागि ५३ सांसदको समर्थन आवश्यक पर्छ । जसमा कांग्रेसको ३६, नेकपाको २६ र एमालेको २५ सिट छ । त्यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीसँग १२ सिट, नेमकिपासँग ३ र हाम्रो नेपाली पार्टीसँग २ सिट रहेको छ ।







प्रतिक्रिया राख्नुहोस्