तपाईँ सुन्दै हुनुहुन्छः

राष्ट्रियसभा बैठक : खाना पकाउने ग्याँसको अभाव, महँगी र कालोबजारी नियन्त्रण गर्न सरकारको ध्यानाकर्षण 

काठमाडौँ । राष्ट्रिय सभाका सांसदहरुले खाना पकाउने ग्याँसको अभावमा नागरिकले खाना खानै नपाउने अवस्था भएकाले समस्या समाधान गर्न सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।

सभाको आज बसेको बैठकमा सांसदहरुले खाना पकाउने ग्याँसको अभाव भएको, बजारमा कृत्रिम अभाव देखिएको भन्दै कालो बजारी नियन्त्रणका लागि कडा रूपमा अनुगमन गर्न माग गर्नुभयो ।

सांसदहरुले कालोबजारी नियन्त्रणका लागि प्रभावकारी अनुगमन, पेट्रोलियम पदार्थको सहज आपूर्ति, ग्याँसको सहज उपलब्धता र इन्धनमा लगाइएको कर कटौती तथा जनतालाई तत्काल राहतको अनुभूति दिन सरकारको ठोस योजना के छ सभामा जानकारी गराउन माग गर्नुभयो ।

सांसदहरुले अप्रत्याशित रूपमा पक्राउ गरिएका वरिष्ठ पत्रकार किशोर श्रेष्ठको रिहाइको माग गर्नुभयो । 

सांसदहरुले तनहुँमा हाइड्रो निर्माणका लागि सेती नदिको बहाव परिवर्तन गर्दा त्यस आसपासका स्थानीयको थातथलो र पेशा नै छोड्नु पर्ने अवस्था आएको भन्दै समस्या समाधान गर्नुपर्नेमा जोड दिनुभयो । 

सांसदहरुले तीन दर्जन आयोग र कार्यदल बन्दासमेत कञ्चनपुरका आरक्षण पीडितको समस्या समाधान नभएको भन्दै सरकारको ध्यानाकर्षण गराउनुभयो । 

काठमाडौँमा कोठाको भाडा अत्यधिक बढेका कारण घर भाडामा बस्नेहरूको जनजीवन कष्टकर बन्दै गएको भन्दै घर भाडा व्यवस्थापनका लागि प्रभावकारी कानुन र वैज्ञानिक भाडादर कायम गर्न समेत सांसदहरुले माग गर्नुभयो ।

बैठकमा सांसदहरुले सांसदहरुले सुनसरी लगायत मधेश प्रदेशका घटनाको निष्पक्ष छानविन गरी प्रतिवेदन सार्वजनिक गर्न र सदनमा जानकारी गराउन माग गर्दै दिगो शान्ति स्थापनाका लागि गम्भीर बन्न सरकारको ध्यानाकर्षण गराउनुभयो ।

सांसदहरुले स्वास्थ्य बिमामा देखिएको समस्या, सुकुम्वासी समस्या समाधान लगायतमा भइरहेको ढिला सुस्ती,  बढ्दो आत्म दह लगायतका घटनाले जनतामा थप निराशा उत्पन्न हुँदै गइरहेको बताउनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button