नेपालगञ्जको इट्टा भट्टामा पर्खाल भत्किँदा दुई मजदुरको मृत्यु
बाँके । भैयापुरस्थित न्यु किसान इट्टा भट्टामा पर्खाल भत्किँदा दुई जना मजदुरको मृत्यु भएको छ।
साेमबार इट्टा भट्टाको पर्खाल एक्कासि भत्किँदा ५२ वर्षीय वर्षादी लोधको घटनास्थलमै मृत्यु भएको थियो। सोही घटनामा ४५ वर्षीय राम फेरन कोरी गम्भीर घाइते हुनुभएकाे थियाे।
गम्भीर घाइते कोरीलाई उपचारका लागि अस्पताल भर्ना गरिएको थियो। तर बुधबार बिहान उपचारकै क्रममा उहाँको पनि मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ।
प्रहरीका अनुसार वर्षादी लोधको शव पोस्टमार्टमपछि आफन्तलाई बुझाइएको छ। राम फेरन कोरीको शव भने पोस्टमार्टमका लागि अस्पतालमा राखिएको छ।
इट्टा भट्टाको पर्खाल किन भत्कियो भन्ने कारण खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको छ।








प्रतिक्रिया राख्नुहोस्