दैलेखमा पहिरोले बगाएको ढुङ्गा लागेर शिक्षिकाको मृत्यु
दैलेख । दैलेखमा पहिरोले खसालेको ढुङ्गा लागेर एक शिक्षिकाको मृत्यु भएको छ।

नारायण नगरपालिका ११ बिन्ध्यवासिनीकी ३० वर्षीया विष्णुकुमारी शाहीको पहिरोले बगाएको ढुङ्गा लागेर मृत्यु भएको हो । नौमुले गाउँपालिका–१, तोलीस्थित माइती घरको खेतमा काम सकेर फर्किने क्रममा भूतेखोला नजिकै पहिरोसँगै खसेको ढुङ्गाले टाउकोमा लाग्दा शाही गम्भीर घाइते हुनुभएको थियो।
घाइते शाहीलाई उपचारका लागि दैलेख अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दैलेखका सूचना अधिकारी प्रहरी निरीक्षक पुष्पराज रोकायले जानकारी दिनुभयो।
मृतक शाही नौमुले गाउँपालिका–१, राइलीस्थित कृष्ण आधारभूत विद्यालयमा कार्यरत शिक्षिका हुनुहुन्थ्यो। उहाँका ६ वर्षका एक छोरा छन् भने श्रीमान् विगत तीन वर्षदेखि वैदेशिक रोजगारीका क्रममा मलेसियामा रहनुभएको पारिवारिक स्रोतले जनाएको छ।







प्रतिक्रिया राख्नुहोस्