तपाईँ सुन्दै हुनुहुन्छः

‘संविधान संशोधन बहस पत्र’ तयारी कार्यदलद्वारा पूर्वप्रधानमन्त्री डा.भट्टराईसँग छलफल

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहका राजनीतिक सल्लाहकार असिम शाहको संयोजकत्वमा गठित ‘संविधान संशोधन बहस पत्र’ तयारी कार्यदलले आज पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईसँग छलफल गरेको छ।

छलफलका लागि संयोजक शाहसहितको कार्यदल टोली भट्टराईको निवास पुगेको थियो।

कार्यदलले संविधान संशोधनका सम्भावित विषय, राजनीतिक सहमति र सुधारका आवश्यक क्षेत्रबारे पूर्वप्रधानमन्त्री डा.भट्टराईसँग सुझाव सङ्कलन गरेको हो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button