मेस्सीको ह्याट्रिकमा अर्जेन्टिनाको विजयी सुरुवात, अल्जेरियामाथि ३–० को जित
काठमाडौँ। अर्जेन्टिनाले जारी विश्वकपमा शानदार सुरुवात गरेको छ ।

बुधबार बिहान सम्पन्न खेलमा अर्जेन्टिनाले कप्तान लियोनल मेस्सीको ह्याट्रिकमा अल्जेरियालाई ३–० ले पराजित गर्दै विजयी सुरुवात गरेको हो ।
मेस्सीले खेलको १७, ६० र ७६औँ मिनेटमा गोल गरेका थिए। यो उनको विश्वकप करियरको पहिलो ह्याट्रिक हो। ह्याट्रिकसँगै उनले विश्वकपमा सर्वाधिक १६ गोल गर्ने जर्मनीका मिरोस्लाव क्लोजको कीर्तिमान बराबरी गरेका छन्। साथै, मेस्सीले छैटौँ विश्वकप खेल्ने खेलाडीको कीर्तिमान पनि बनाएका छन्।

जितसँगै अर्जेन्टिनाले समूह ‘जे’ मा ३ अंक जोडेको छ।अर्जेन्टिनाले अब जुन २२ मा अस्ट्रिया र जुन २८ मा जोर्डनसँग खेल्नेछ। अल्जेरियाले भने जुन २३ मा जोर्डन र जुन २८ मा अस्ट्रियासँग प्रतिस्पर्धा गर्नेछ।








प्रतिक्रिया राख्नुहोस्