तपाईँ सुन्दै हुनुहुन्छः

शहरी आँखा केन्द्र कमल बजारबाट ३ हजार २ सय ३ नागरिक लाभान्वित

अछाम । अछाम जिल्लाको पुर्वी क्षेत्र कमलबजारमा शहरी आँखा केन्द्र सञ्चालनका लागी नेपाल आँखा कार्यक्रम तिलगंगा आँखा प्रतिष्ठान काठमाण्डौं, नेपाल नेत्र ज्योति संघ गेटा अस्पताल कैलाली र कमलबजार नगरपालिकाका बिच सम्झौता भएको छ । त्रिपक्षीय सम्झौता भएर वि सं २०८१ वैशाख २१ गते बाट सञ्चालन भएको शहरी आँखा केन्द्र बाट हाल सम्म ३ हजार २ सय ३ नागरिकले आँखा स्वास्थ्य सम्बन्धी सेवा लिएका छन् ।

शहरी आँखा केन्द्रबाट ८ सय १२ जना, स्कुलमा बालबालिकाहरूको आँखा जाँच शिविरमा १ हजार ४ सय ८५ जना, कमलबजार नगरपालिका वडा स्तरमा आँखा जाँच शिविर बाट, ९ सय ६, पालिका स्तरीय शिविरबाट ३ सय ९८ जना गरी कुल ३ हजार २ सय ३ नागरिकले आँखा स्वास्थ्य सम्बन्धी सेवा लिएका हुन । 

पालिका स्तरीय शिविरमा आँखा विशेषज्ञ बाट एक सय जनाको मोतिबिन्दुको सफल शल्यक्रिया समेत गरिएको शहरी आँखा केन्द्र कमलबजारमा कार्यरत फिल्ड सहायक खगेन्द्र प्रसाद उपाध्यायले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button