तपाईँ सुन्दै हुनुहुन्छः

अछाममा जीप दुर्घटना : एक जनाको मृत्यु, तीन घाइते

अछाम । अछाममा बोलेरो जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्।

जिल्ला सदरमुकाम मंगलसेनबाट कमलबजार नगरपालिका–७, कवाल्लेखतर्फ जाँदै गरेको से १ त ६१३ नम्बरको बोलेरो जीप शनिबार राति करिब १० बजे पानेरीखोला नजिक दुर्घटनामा परेको हो।

दुर्घटनामा परी कमलबजार नगरपालिका–७, कवाल्लेखका कर्णप्रसाद भाटको मृत्यु भएको छ। गम्भीर घाइते भएका उहाँलाई उपचारका लागि जिल्ला अस्पताल मंगलसेन लैजाँदै गर्दा बाटोमै निधन भएको प्रहरीले जनाएको छ।

दुर्घटनामा घाइते भएका तीन जनामध्ये बद्रीप्रसाद भाट र मिन भाटलाई थप उपचारका लागि सुर्खेतस्थित प्रादेशिक अस्पताल पठाइएको छ। चालक भने सामान्य घाइते भएका छन्।

घटनापछि चालक अछामको तुर्माखाँद गाउँपालिकाका पुष्प बुढा तथा गाडीधनी मंगलसेन नगरपालिकाका डम्मर भाटलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

दुर्घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय अछामका प्रवक्ता प्रहरी निरीक्षक केशवबहादुर खड्काले जानकारी दिनुभयो।

प्रतिक्रिया राख्नुहोस्

Back to top button