पशुपतिनगर सीमा नाका बन्द

इलाम I इलामको सूर्योदय नगरपालिका २ पशुपतिनगर स्थितका सीमा नाका गएराती देखि बन्द भएको छ ।
छिमेकी देश भारत पश्चिम बंगालको विधानसभाको निर्वाचन हुने भएकोले सीमा नाका बन्द गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक मौसम उदासले जानकारी दिनुभयो ।
निर्वाचन यही १० गते हुने भएकोले सोही दिन मतदान सम्पन्न नभए सम्मको लागि सिमानाका बन्द भएको जनाइएको छ ।







प्रतिक्रिया राख्नुहोस्