नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरुले लिनुभयो पद तथा गोपनीयताको शपथ

काठमाडौँ । प्रतिनिधि सभाका नवनिर्वाचित सदस्यहरुले आज पद तथा गोपनीयताको शपथ लिनुभएको छ ।
प्रतिनिधिसभाका ज्येष्ठ सदस्य ७८ वर्षीय नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले सिंहदरबारस्थित नवनिर्मित संघीय संसद्को बहुउद्देश्यीय हलमा नवनिर्वाचित सांसदहरूलाई पद तथा गोपनीयताको शपथ गराउनु भएको हो ।
ज्येष्ठ सदस्य केसीलाई हिजो बुधवार राष्ट्रपति रामचन्द्र पौडेलले पद तथा गोपनीयताको शपथ गराउनुभएको थियो ।

नेपालको संविधानको धारा ८८ र ९१ को उपधारा ५ तथा प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ७५ बमोजिम पद तथा गोपनीयताको शपथ लिनु भएको हो ।
गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्यको निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीले १८२, नेपाली काँग्रेसले ३८, नेकपा एमालेले २५, नेपाली कम्युनिस्ट पार्टीले १७, श्रम संस्कृति पार्टीले ७ र राष्ट्रिय प्रजातन्त्र पार्टीले ५ सिट प्राप्त गरेका छन् ।








प्रतिक्रिया राख्नुहोस्