तपाईँ सुन्दै हुनुहुन्छः

निर्वाचन अपडेट: प्रत्यक्ष तर्फ २२ स्थानको अन्तिम मतपरिणाम आउन बाँकी

'रास्वपाको अग्रता कायम'

काठमाडौँ। बिहीबार भएको प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तर्गत अब प्रत्यक्ष तर्फको २२ निर्वाचन क्षेत्रको अन्तिम मतपरिणाम आउन बाँकी रहेको छ  ।  

पछिल्लो तथ्याङ्क अनुसार १४३ निर्वाचन क्षेत्रको मत परिणाम आइसकेको र बाँकी २२ स्थानको मत परिणाम आउने क्रममा रहेको छ ।

हालसम्म राष्ट्रिय स्वतन्त्र पार्टीले १०९ स्थानमा विजय हासिल गरेको छ भने १४ स्थानमा अग्रता कायम गरिरहेको छ । यस्तै नेपाली काँग्रेसले १८ स्थानमा विजय हासिल गरेको छ भने १ स्थानमा अग्रता कायम गरिरहेको छ । 

यसैगरी नेकपा एमाले ७ स्थानमा विजय हासिल गरेको छ भने २ स्थानमा अग्रता कायम गरिरहेको छ । 

नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले ६ स्थानमा विजयी हासिल गरि १ स्थानमा अग्रता कायम गरिरहेको छ ।

यस्तै श्रामसंस्कृति पार्टीले १ स्थानमा विजय हासिल गरी २ ठाउँमा अग्र स्थानमा छ भने राष्ट्रिय स्वतन्त्र पार्टी र स्वतन्त्र उम्मेदवारले एक एक स्थानमा विजय हासिल गरेका छन् । 

योसँगै समानुपातिक तर्फको हालसम्म २९ लाख  १० हजार ६ सय ७७ मत गणना भइसकेको छ ।

जस अन्तर्गत रास्वपाले १४ लाख ६१ हजार ३ सय ८१, नेपाली काँग्रेसले ४ लाख ९४ हजार २ सय ५१, नेकपा एमालेले ४ लाख ३ हजार ८ सय ९९ मत प्राप्त गरेका छन् ।

यसैगरी नेपाली कम्युनिष्ट पार्टीले १ लाख ९३ हजार ५ सय ५०, राष्ट्रिय प्रजातन्त्र पार्टीले १ लाख ६ हजार ३ सय ९६, श्रम संस्कृति पार्टीले ५९ हजार २ सय ४१ मत प्राप्त गरेका छन् । 

यस्तै जसपा नेपालले २७ हजार ३ सय ४, जनमत पार्टीले १४ हजार २ सय ५०,  नेकपाले १२ हजार ९ सय ८३ मत प्राप्त गरेको निर्वाचन आयोगले जनाएको छ ।

समानुपातिक तर्फको मत गणना जारी रहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button