दैलेख २ मा एमालेका पोखरेल विजयी
दैलेख । दैलेख निर्वाचन क्षेत्र नं. २ मा नेकपा एमालेका उम्मेदवार लक्ष्मी प्रसाद पोखरेल विजयी हुनुभएको छ । प्रतिनिधिसभा सदस्य निर्वाचनको अन्तिम मत परिणाम अनुसार १३ हजार ८ सय ८९ मत प्राप्त गर्दै एमालेका पोखरेल प्रतिनिधि सभा सदस्यमा निर्वाचित हुनुभएको हो ।

उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली काङ्ग्रेसका उम्मेदवार दिक्पाल कुमार शाहीले ९ हजार ५ सय ५२ मत प्राप्त गर्नुभएको निर्वाचन अधिकृत लोकहरि कँडेलले जानकारी दिनुभयो । एमालेका पोखरेलले ४ हजार ३ सय ३७ मतले काङ्ग्रेसका शाहीलाई पछि पार्नुभएको हो ।
निर्वाचन अधिकृत कँडेलका अनुसार रास्वपाका बखत शाहीले ६ हजार ७ सय ९७, नेकपाका योगेन्द्र शाहीले ३ हजार ८ सय ५१, नेमकिपाका बखत थापाले १ हजार ५ सय १२, राप्रपाका बबिता शाहीले ३ सय ३७, नेकपा माओवादीका कमल सिंहले ३ सय ३७ मत र राजमोका कमल बरैमगरले १ सय १ प्राप्त गर्नुभएको छ ।







प्रतिक्रिया राख्नुहोस्