तपाईँ सुन्दै हुनुहुन्छः

इलाम २ मा श्रम संस्कृति पार्टीका उम्मेदवार राईको अग्रता

इलाम । इलाम क्षेत्र नम्बर २ मा एमाले उम्मेदवार सुहाङ नेम्वाङलाई पछि पार्दै श्रम संस्कृति पार्टीका उम्मेदवार सुदीप राई अघि लाग्नुभएको छ । । साँझ ६:३० बजेको अपडेट अनुसार नेकपा एमाले र श्रम संस्कृति पार्टीका उम्मेदवारबीच प्रतिस्पर्धा कायमै देखिएको छ ।

श्रम संस्कृति पार्टीका उम्मेदवार सुदीप १ हजार ५ सय ४ मत र  सुहाङले १ हजार ३ सय ६० मत ल्याएका छन् । नेपाली कांग्रेसका उम्मेदवार भेषराज आचार्यले ७ सय ३३ र रास्वपा उम्मेदवार गोकुल राईले ४ सय २० मत प्राप्त गर्नुभएको छ ।

नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार ओमबहादुर गुरुङले १ सय ३८ मत प्राप्त गर्नुभएको छ। अहिले चुलाचुली गाउँ पालिकाको गणना जारी छ । वडा ४, ५ र ६ को सम्पन्न भएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button