भोजपुरमा हालसम्म करिब ११ प्रतिशत मतदान

भोजपुर । पहाडी जिल्ला भोजपुरमा हालसम्म करिब ११ प्रतिशत मतदान भएको छ ।
प्रतिनिधिसभाका लागि भोजपुरमा एक मात्र निर्वाचन क्षेत्र कायम छ । जिल्लाको ८७ वटा मतदान केन्द्रको दुई अस्थायी सहित एक सय ६१ वटै मतदान केन्द्रमा अहिले मतदान भई रहेको जिल्ला निर्वाचन कार्यालय भोजपुरका प्रमुख डिकेन्द्र प्रसाद सुवेदीले जानकारी दिनुभयो । उहाँका अनुसार अहिलेसम्म जिल्ला १० दशमलव ४९ प्रतिशत मतदान भएको छ ।
भोजपुरको कुल मतदाता संख्या एक लाख २५ हजार सात सय ६६ जना रहेको छ ।








प्रतिक्रिया राख्नुहोस्