भोजपुरमा शान्तिपूर्णरुपमा मतदान हुँदै

भोजपुर । भोजपुरका दुई अस्थायी सहित एक सय ६१ वटै मतदान केन्द्रहरूमा अहिले शान्तिपूर्णरुपमा मतदान भइरहेको छ ।
मतदानको क्रममा कुनै समस्या नदेखिएको जिल्ला निर्वाचन कार्यालय भोजपुरका प्रमुख डिकेन्द्र प्रसाद सुवेदीले जानकारी दिनुभयो । भोजपुर कारागारमा रहेको दुई वटा अस्थायी मतदान केन्द्रमा पनि निर्वाचन भई रहेको छ ।
प्रतिनिधिसभाका लागि एक मात्र निर्वाचन क्षेत्र रहेको भोजपुरको कुल मतदाता संख्या एक लाख २५ हजार सात सय ६६ रहेको छ ।








प्रतिक्रिया राख्नुहोस्