भारत लैजान लागेका तीन नेपाली बालबालिकाको उद्धार
बर्दिया। बर्दियामा भारत तर्फ लैजाँदै गरेका तीन बालबालिकालाई प्रहरीले उद्धार गरेको छ। मङ्गलवार राती प्रहरीले गुलरिया नगरपालिका वडा न-७ भन्सार रोडबाट उद्धार गरेको हो ।

उद्धार गरिएका बालबालिकामा रोल्पा उपरकोटका १५ वर्षीय बालिका रोल्पा खाराकी १३ वर्षीय बालिका रहेका छन् भने दाङ चौघेरा पुलवारीका ८ वर्षीय वालक रहेका छन् । उनीहरूका परिवार प्रहरीको सम्पर्कमा आइसकेका छन् ।
नेपाली बालबालिका लैजाँदै गरेका भारत उत्तर प्रदेश बहराइच जिल्लाका ६ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। प्रहरीले सोही ठाउँकी ७४ बर्सिया लेडी महत, उनका छोरा ३४ वर्षीय हिरालाल महत, बुहारी २६ वर्षीय ज्ञानकुमारी महतलाई नियन्त्रणमा लिएको छ । त्यसै गरी उत्तरप्रदेश अयोध्या गोलाई गाउँकी ३५बर्सिया सुनिता महत, बहराईचका २४ वर्षीय भुल्लु महत र १९ वर्षीय मुकेश महतलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायव उपरीक्षक देवेन्द्र कुमार मल्लले बताउनु भयो । उनीहरूको साथमा काखे बालक पनि साथमा रहेका छन् ।
प्रारम्भिक अनुसन्धानमा नियन्त्रणमा लिएका उनीहरू दाङको घोराही बजारमा गमलाको काम गर्दे आएको खुलेको प्रहरीले जनाएको छ। पहिले देखि नै भारतीय नागरिकसँग नेपाली बालबालिका बस्दै आएको खुलेको भएपनि भारतमा कुन प्रयोजनका लागि लैजान खोजिएको भन्ने अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी उपरीक्षक सरोज पौडेलले बताउनु भयो । उहाँले सम्बन्धित जिल्लामा बालबालिकाको आफन्तहरूसँग सम्पर्क गर्ने प्रयास भइरहेको बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्