भोजपुरमा कुल १ लाख २५ हजार ७६६ मतदाता कायम

भोजपुर । पूर्वी पहाडी जिल्ला भोजपुरमा आगामी फागुन २१ गतेको हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि कुल १ लाख २५ हजार सात सय ६६ जना मतदाता कायम भएका छन् ।
\
अघिल्लो निर्वाचनको तुलनामा भोजपुरमा अहिले मतदाताको सङ्ख्यामा वृद्धि भएको छ । अघिल्लो निर्वाचनसम्म भोजपुरको कुल मतदाता सङ्ख्या एक लाख २३ हजार तीन सय ७९ जना मात्र थियो । अहिले भने दुई हजार तीन सय ८७ जना मतदाता थप भएका हुन ।
जिल्ला निर्वाचन कार्यालय भोजपुरका प्रमुख डिकेन्द्र सुवेदीले निर्वाचन आयोगले गरेको मतदाता अद्यावधिकसँगै भोजपुरको कुल मतदाता एक लाख २५ हजार सात सय ६६ जना कायम भएको जानकारी दिनुभयो । जस अनुसार पुरुषको सङ्ख्या ६५ हजार सात सय ८८ जना र महिला ५९ हजार नौ सय ७७ र एक अन्य मतदाता रहेको उहाँले बताउनुभयो ।
निर्वाचन कार्यालयको विवरण अनुसार जिल्लाको पालिका अनुसारको तथ्याङ्क पनि सार्वजनिक गरिएको छ । जिल्लामा दुई नगरपालिका र सात गाउँपालिका छन् । स्थानीय तह अनुसार भोजपुर नगरपालिकामा २० हजार एक सय ८९ जना, षडानन्द नगरपालिका २१ हजार आठ सय ९६, अरुण गाउँपालिका १२ हजार छ सय ४३, आमचोक गाउँपालिका १२ हजार चार सय ४४, पौवादुङमा गाउँपालिका १० हजार छ सय ६३, टेम्केमैयुङ गाउँपालिका १३ हजार पाँच सय ५७ जना मतदाता कायम छन् ।
यस्तै रामप्रसाद राई गाउँपालिका ११ हजार नौ सय, साल्पासिलिछो गाउँपालिका आठ हजार सात सय २४ र हतुवागढी गाउँपालिका १३ हजार सात सय ५० जना मतदाता कायम भएको जिल्ला निर्वाचन कार्यालय भोजपुरका प्रमुख सुवेदीले बताउनुभयो ।
प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि जिल्ला निर्वाचन कार्यालयले पनि आवश्यक तयारीहरू गरिरहेको प्रमुख सुवेदीले जानकारी दिनुभयो ।








प्रतिक्रिया राख्नुहोस्