तपाईँ सुन्दै हुनुहुन्छः

मोटरसाइकल दुर्घटनामा २ जनाको मृत्यु 

वीरगञ्ज ।  बाराको पथलैया नजिकै गए राति भएको मोटरसाइकल दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा डुमरवाना नयाँबस्ती बस्ने २० वर्षीय साजन तामाङ रहेको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी प्रवक्ता विजयराज पण्डितले जानकारी दिनुभयो । 

इलाका प्रहरी कार्यालय सिमराका प्रहरी प्रमुख बेदप्रकाश जोशीले दिएको जानकारी अनुसार, दुर्घटनामा ज्यान गुमाउने अर्का युवाको भने पहिचान खुल्न सकेको छैन। प्रहरीले मृतकको पहिचान खुलाउनका लागि आवश्यक अनुसन्धान गरिरहेको प्रहरी प्रवक्ता पण्डितले बताउनुभयो। 

दुर्घटना कसरी भयो भन्नेबारे विस्तृत विवरण आउन बाँकी रहेको र प्रहरीले घटनाको थप अनुसन्धान गरिरहेको ईलाका प्रहरी कार्यालय सिमराले जनाएको छ  । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button