३६ घण्टासम्मको अविरल वर्षासँगै बारामा ४ हजार हेक्टर धानबाली डुबानमा
बारा। असोज १७ गते राति देखि १९ गते बिहानसम्म करिब ३६ घण्टा लगातार परेको अविरल वर्षाले बारामा करिब ४ हजार हेक्टर क्षेत्रफलमा रहेका धान बालीहरू डुबानमा परेका छन्।
कृषि ज्ञान केन्द्र बाराका अनुसार धान, उखु र तरकारी गरी कुल ३ हजार ८९५ हेक्टर क्षेत्रमा पानी पसेको छ। केन्द्रका प्रमुख राजनारायण साहका अनुसार जिल्लाका १६ वटै पालिकाका किसानहरू प्रभावित भएका छन्।
अर्थ विज्ञ गणेश महराका अनुसार डुबानबाट भदैया धान १ हजार ६१५ हेक्टर, अगहनी धान १ हजार ३५७ हेक्टर, उखु ४३७ हेक्टर र तरकारी ४८८ हेक्टर क्षेत्रफलमा क्षति पुगेको छ।
चालु आर्थिक वर्ष २०८२/८३ मा कृषकहरूले भदैया र अगहनी गरी कुल ४६ हजार २० हेक्टर क्षेत्रफलमा खेती गरेका थिए। डुबानका कारण बाली उत्पादनमा कमी आउने आशङ्का अर्थ विज्ञ महराले व्यक्त गर्नुभयो।








प्रतिक्रिया राख्नुहोस्