गीतकार नारायण खतिवडाको गीत सङ्ग्रह ’बहार’ सार्वजनिक
काठमाडौँ । गीतकार नारायण खतिवडाको गीत सङ्ग्रह बहार सार्वजनिक गरिएको छ ।

साहित्यपोष्टले प्रकाशन गरेको सङ्ग्रहमा खतिवडाका ९४ वटा गीतहरू समावेश छन् ।
सामाजिक विषयवस्तु, राष्ट्र-राष्ट्रियता, देश प्रेम, संयोगान्त-वियोगान्त तथा चेतनामूलक गीतहरू पुस्तकमा सङ्ग्रहित छन् ।

सार्वजनिकीकरणमा सङ्गीत तथा चलचित्र उत्पादक समाज नेपालका अध्यक्ष सूर्य थापामगर,प्राध्यापक तथा वरिष्ठ समालोचक सनद कुमार वस्ती, गीतकार सङ्घ नेपालका अध्यक्ष,वसन्त बित्यासी थापा, नेपाल साङ्गीतिक सङ्घका अध्यक्ष मिलन मोक्तान, सङ्गीत रोयल्टी सङ्कलन समाजका महासचिव वसन्त सापकोटा, स्रष्टा समाजका अध्यक्ष श्रीओम श्रेष्ठ(रोदन) लगायतको उपस्थिति रहेको थियो ।








प्रतिक्रिया राख्नुहोस्