तपाईँ सुन्दै हुनुहुन्छः

राष्ट्रपतिद्वारा विभिन्न पाँच वटा विधेयक प्रमाणीकरण

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद्का दुवै सदनबाट पारित भई पेस भएका विभिन्न पाँच वटा विधेयक प्रमाणीकरण गर्नुभएको छ ।

राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईले आज विज्ञप्ति जारी गरी प्रमाणीकरणका लागि पेस भएका विधेयकहरू संविधानको धारा ११३ को उपधारा २ बमोजिम राष्ट्रपतिले प्रमाणीकरण गर्नुभएको जानकारी दिनुभयो ।

प्रमाणीकरण भएका विधेयकहरूमा सुशासन प्रवर्द्धन तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक, सहकारीसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक, आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन, २०७६लाई संशोधन गर्न बनेको विधेयक, आर्थिक तथा व्यावसायिक वातावरण सुधार र लगानी अभिवृद्धिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक र निजीकरण ऐन, २०५० लाई संशोधन गर्न बनेको विधेयक रहेका छन् ।

यी विधेयक आजै सङ्घीय संसद्का दुवै सदनबाट पारित भएका थिए ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button