रमदानको अन्तिम शुक्रबार विशेष नमाज पढेर मनाइँदै (फोटो फिचर)

बाँके । आज मुस्लिम समुदायले मनाउने एक महिने रमदान उल मुबारक अन्तिम शुक्रबार धूमधाम सँग मनाइरहेका छन् । यो वर्षको रमदानको अन्तिम शुक्रबार भएकाले नेपालगन्जको जामा मस्जिदमा प्रार्थना गर्न आउने मुस्लिम धर्मालम्वीको भीड लागेको छ ।
अरबिक पात्रोअनुसार रमदान नवौं महिनाको अन्तिम दिन आकाशमा चन्द्रमा देखिएपछि महिना दिनको रोजा (व्रत) सकिन्छ । सरकारले इदमा सार्वजनिक बिदा दिँदै आएको छ ।
अरबी पात्रोअनुसार दशौँ महिना (सब्बाल) को पहिलो तारिखदेखि इद उल फितर सुरु हुन्छ । इदलाई मुस्लिमहरूले खुसीको पर्वका रूपमा मनाउँछन् । जामा मस्जिदका निवर्तमान अध्यक्ष हाजी अब्दुल रहमान मियाँका अनुसार धनी वर्गले एक वर्षभित्र आफूले सुनचाँदी, नगद वा जिन्सी जति बचत गर्छ त्यसको २.५ प्रतिशत गरिब, दीनदुःखी वा विपन्नलाई दान दिनुपर्छ । यसलाई जकात भनिन्छ । यो पर्वका दिन सबैले बिहान नियमित नमाज पढेपछि सफा सुग्घर भएर चोखो लुगा लगाएर ईदगाहमा भेला हुन्छन् । त्यसपछि तोकिएको समयमा इद उल फितरको विशेष नमाज सामूहिक रूपमा पढ्ने गर्छन् । नमाजपछि एकअर्कामा अङ्कमाल गरी शुभकामना साटासाट गर्ने चलन छ ।
इस्लामिक पात्रो चान्द्रमासबमोजिम चल्ने हुनाले हरेक वर्ष नेपाली पात्रोअनुसार रमदान महिना १२–१३ दिनअघि सर्दै आउँछ । जामा मस्जिदका पूर्व महासचिव मोहम्मद इरफान सिद्धिकीले भन्नुभयो,‘रमदान महिनाको मुख्य उद्देश्य निराहार व्रत बसी अति अनुशासित ढङ्गबाट जीवन बिताउन लगाउनु हो ।’, जामा मस्जिदका मुफती जाफर रजाले ‘विपन्न वर्गले महसुस गर्ने भोक, प्यास सम्पन्न वर्गलाई समेत महसुस गराउनु पनि यो पर्वको उद्देश्य हो ।’
इस्लाम धर्मको नियमानुसार हरेक मुस्लिमले रोजा बस्नु अनिवार्य गरिएको हुन्छ । इस्लामका कल्मा (श्लोक), नमाज, रोजा, हज र जकातमध्येको एक आधारका रूपमा रोजालाई लिइन्छ ।

इस्लाममा व्रतको सार
इस्लाममा व्रतको अभ्यास केवल शारीरिक अभ्यास मात्र होइन, बरु यो आध्यात्मिक अभ्यास पनि हो, यसको परम उद्देश्य भनेको आफ्नै जीवनलाई अल्लाहका आदेशहरू अनुरूप सञ्चालन गर्दै उहाँको खुशी प्राप्त गर्नु हो । यदि कुनै मुस्लिमले केवल बाह्यरूपमा व्रतका आवश्यकताहरू पूरा गर्छ भने, तिनीहरू केवल आफूलाई भोकै र तिर्खै बनाउन सफल हुनेछन्, त्यसभन्दा बढी केही हुने छैन । इस्लाममा व्रतको वास्तविक सारलाई स्पष्ट गर्दै, भनिएको छ ‘उपवास केवल भोकै र तिर्खै बस्नु मात्र होइनस् बरु यसको वास्तविकता र प्रभाव केवल अनुभवबाटै प्राप्त गर्न सकिन्छ ।
मानव स्वभाव नै यस्तो छ कि जति कम खान्छ, उति नै उसको आत्मा शुद्ध हुन्छ र यसरी उसको ‘आध्यात्मिक’ दर्शन गर्ने क्षमता बढ्छ । परमात्माको इच्छा भनेको एक प्रकारको आहार घटाउनु र अर्को प्रकारको आहार बढाउनु हो । उपवास गर्ने व्यक्तिले सधैँ यो कुरामा सचेत रहनुपर्छ कि ऊ केवल भोकै बस्नका लागि बाध्य छैन । यसको विपरीत, उसले परमात्माको स्मरणमा संलग्न रहनु पर्दछ, जसले गर्दा ऊ सांसारिक इच्छाहरू र मनोरञ्जनका बन्धनहरू तोड्न सक्छ र पूर्ण रूपमा परमात्माप्रति समर्पित हुन सक्छ । त्यसैले, उपवासको महत्व यही हो कि मानिसले एउटा यस्तो आहार त्याग्छ, जुन केवल शरीरलाई मात्र पोषण दिन्छ, र अर्को प्रकारको आहार प्राप्त गर्छ, जुन आत्माको शान्ति र सन्तुष्टिको स्रोत बन्छ ।’

अनुचित वाणी र अनुचित कार्यमा लिप्त हुनु इस्लाममा राख्ने व्रत (रोजा) को मूल उद्देश्यलाई नै निष्फल बनाउँछ । यही कारणले इस्लामका पवित्र पैगम्बर (सअ) ले शिक्षा दिनुभएको छः ‘जो व्यक्ति वचन र कर्म दुवैबाट झूट बोल्न छोड्दैन, उसले जान्नुपर्छ कि भगवानलाई उसको खानपानबाट टाढा रहनु आवश्यक छैन ।’
यसैगरी, रोजाको उद्देश्य मुस्लिमहरूलाई आफ्ना वासनाहरूलाई नियन्त्रण गर्न सिकाउने र जीवनलाई उत्पादक बनाउन प्रेरित गर्ने हो । यही अभिप्रायका साथ, पवित्र पैगम्बर हजरत मुहम्मद ९सअ० ले रोजाबारे एक सरल पाठ सिकाउनु भयो: ‘उपवास एउटा ढाल होस त्यसैले जब तपाईँमध्ये कसैले उपवास गर्छ, उसले नराम्रो कुरा गर्नु हुँदैन, न त ऊ चिच्याउनु नै पर्छ । यदि कसैले उसलाई गाली गर्छ वा झगडा गर्छ भने, उसले केवल भन्नुपर्छ, ‘म उपवासमा छु, म उपवासमा छु ।’
प्रार्थना र आध्यात्मिकताका अतिरिक्त, इस्लाम यस्तो धर्म हो जसले समाजको कल्याणलाई प्रत्येक मुस्लिमको चासोको विषय बनाउँछ । मानव जातिको समृद्धिको लागि प्रयास गर्नु इस्लामले प्रत्येक मुस्लिमको जीवनको हरेक क्षणमा उत्प्रेरित गर्न चाहने एक महत्त्वाकाङ्क्षा हो, र रमजानको उपवासको सार यसै भावनामा निहित छ ।

रामदानमा व्रत अनिवार्य छ ?
इस्लामले सबै मुस्लिम वयस्कहरूलाई व्रत गर्न आदेश दिएको छ, किनभने यो एउटा यस्तो धर्म हो जसले प्रत्येक मुस्लिमलाई आध्यात्मिक उच्चता प्राप्त गर्न र अल्लाहको कृपाका भागीदार बन्न चाहन्छ । तर, इस्लामले यो पनि चाहँदैन कि व्रत गर्न असमर्थ व्यक्तिहरूका लागि यो अभ्यास बोझिलो बनोस् । त्यसैले, रोग वा यात्राका कारण व्रत गर्न असमर्थ व्यक्तिहरूलाई रामजान महिनामा व्रत गर्नबाट मुक्त गरिएको छ, तर पछि छुटेका व्रत पूरा गर्न आवश्यक हुन्छ । त्यस्तै, गर्भवती महिला, महिनावारी भएकी महिला, र दूध खुवाउने महिलाहरूलाई पनि व्रत नगर्न छुट दिइएको छ। यसैगरी, ती मुस्लिमहरूका लागि जो पछि छुटेका व्रत पूरा गर्न सक्दैनन्, उनीहरूलाई ‘फिद्या’ (व्रत गर्न नसकेको क्षतिपूर्ति-गरिब तथा दीनहीनहरूलाई भोजन गराउने) दिनुपर्ने हुन्छ ।
यो क्षतिपूर्तिलाई व्रत गर्न नसक्नको सजायको रूपमा हेर्नु हुँदैन, बरु परमेश्वरले उनीहरूलाई स्वयम् व्रत पूरा गर्ने क्षमता र बल प्रदान गरून् भन्ने सानो बलिदानको रूपमा निर्देश गरिएको हो ।

इस्लाममा ऐच्छिक व्रत: रमदान
यदि कुनै व्यक्तिले पूर्ण इमानदारीका साथ व्रतको सम्पूर्ण सर्तहरू पूरा गरेर यसलाई अभ्यास गर्छ भने, उसले एक महिनासम्म आफ्ना इन्द्रियहरूको वैध तृष्णा त्याग्न सक्ने भएमा, पक्कै पनि अवैध तृष्णाहरूलाई पनि त्याग गर्ने शक्ति र इच्छाशक्ति प्राप्त गर्छ। यही कारणले गर्दा इस्लाममा व्रत केवल रमदान महिनासम्म सीमित छैन, बरु ऐच्छिक व्रतहरूलाई पनि प्रोत्साहन गरिएको छ।
सर्वशक्तिमान् अल्लाहका पैगम्बरहरू र सन्तहरूले राखेका ऐच्छिक व्रतहरू महान् आशीर्वाद र अल्लाहका विशेष कृपाका स्रोत भएका छन् । पवित्र पैगम्बर मुहम्मद (स.), प्रतिज्ञा गरिएका मसीह (अ.), येशू (अ.), मूसा (अ.), दाऊद (अ.)— अर्थात् लगभग सबै पैगम्बर र सन्तहरूले ऐच्छिक व्रतहरू राखेका थिए । यसले प्रमाणित गर्छ कि यस्तो अभ्यास अल्लाहलाई अत्यन्त प्रिय छ र यसले व्यक्तिलाई आध्यात्मिक उन्नतिको विशेष स्थानमा पुर्याउँछ ।

रमदानको व्रत इस्लाममा आस्थाको आधारभूत र न्यूनतम आवश्यकता हो । यसका अतिरिक्त, अल्लाहको थप कृपा र नजिकिन चाहनेहरूले ऐच्छिक व्रतहरू राखेर आफूलाई साँचो धर्मपरायण सेवकका रूपमा प्रमाणित गर्छन् । यस्तो सङ्घर्ष र बलिदानको बराबर प्रतिफल दिइन्छ । अल्लाहले भन्नुहुन्छ:‘मेरो सेवक मेरो नजिक आउनको लागि सबैभन्दा प्रिय कुरा भनेको म उहाँलाई अनिवार्य गरेको कुरा हो र मेरो दासले त्यसपछि अनिवार्यभन्दा बढी स्वैच्छिक प्रयासमार्फत मेरो नजिक जान जारी राख्छ, यहाँसम्म कि म उसलाई विशेष प्रेमसँगे माया गर्न थाल्दछु । जब म उसलाई माया गर्छु, म उस्का कान बनाउँछु जसले उसले सुन्छ, र उसको आँखा बनाउँछु जसले उसले देख्छ, र उसका हात बनाउँछु जसले उसले समाउँछ, र उसका खुट्टा बनाउँछु जसले उसले हिँड्छ । जब उसले मसँग केही माग्छ, म उसलाई दिन्छु र जब उसले मेरो सुरक्षा खोज्छ, म उसलाई सुरक्षा दिन्छु ।’
उपवासद्वारा प्रतिज्ञा गरिएका आत्मिक परिणामलाई ध्यानमा राख्दै, उत्साही मुस्लिमहरूलाई उपवास राख्न अनुमति दिइन्छ जबसम्म यो उचित हुन्छस् यद्यपि इस्लाममा शुक्रबार र दुवै वार्षिक ईद उत्सवहरूको जस्ता अत्यन्तै पवित्र र खुशीका अवसरहरूमा स्वैच्छिक उपवास राख्न निषेध गरिएको छ । स्वैच्छिक उपवासहरू मुख्यतः रमजान महिनामा राखिने उपवासहरूको समान तरिकामा र समान उद्देश्यका साथ राखिन्छ ।











प्रतिक्रिया राख्नुहोस्