तपाईँ सुन्दै हुनुहुन्छः

मगर समुदायसँग जोडिएको दशअवतार भजन समूह 

पाल्पा ।  सामान्यतया भजन समूह भनेपछि ब्राह्मण समुदायको प्रत्यक्ष संलग्नता रहेर नाच्ने गाउने बजाउने समूह भन्ने बुझिन्छ तर पाल्पाको निस्दी गाउँपालिका वडा न-५ गल्धाफाँटमा भने अलग्गै दृश्य देख्न सकिन्छ । 

गल्धाफाँटको भजन समूहमा ब्राहमण समुदायसँगै मगर र ठकुरी समुदायका व्यक्तिहरू पनि भजन समूहको सदस्य बनेर भजन कृतन गर्ने गर्दछन् । गल्धाफाँट स्थित शिव मन्दिरमा दशअवतार भजन समूह निर्माण गरी हरेक सोमबार र शुक्रबार भजन कृतन गर्ने गरिन्छ । 

आफूहरू हरेक सोमबार र शुक्रबार मन्दिरमा भेला भएर भजन कृतन गर्ने र मगर लगायत अन्य समुदायका साथीभाइहरू पनि नाच्ने गाउने र बजाउने, नित्यरुपमा सहभागी हुने भजन समूहका अध्यक्ष शिव प्रसाद अर्यालले बताउनुभयो । 

 एकै गाउँ टोलमा भएपछि उहाँहरूको पनि इच्छा चाहाना भएकाले समावेशी पनि होस भन्ने हिसाबले भजन समूहमा मगर ठकुरी लगायत अन्य समुदायका साथीहरूलाई पनि समावेश गराएको दशअवतार भजन समूहका अध्यक्ष अर्यालले जानकारी दिनुभयो । 

समूहका सदस्य मध्य विष्णु देव सोमै र नेत्र सोमैले मादल बजाउनु हुन्छ भने शिव शाही र होम बहादुर शाही नाच्नमा पोख्त हुनुहुन्छ । पालिकाभित्र हुने विभिन्न कार्यक्रमको झाँकी प्रदर्शनीमा समेत भजन समूह सक्रिय रुपमा सहभागी भइरहेको छ । 

गल्धाफाँटको दशअवतार भजन संरक्षण गर्नका लागि वडा कार्यालयबाट आगामी आर्थिक वर्षमा  आवश्यक बजेट विनियोजन गर्ने आश्वासन समेत दिएको समूहका अध्यक्ष अर्यालले बताउनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button