तपाईँ सुन्दै हुनुहुन्छः

अधिकार प्राप्तिको लडाइँमा कुनै शक्तिसँग सम्झौता गर्दिन : अध्यक्ष प्रचण्ड

बुटवल । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अधिकार प्राप्तिको लडाइँमा कुनै शक्तिसँग सम्झौता नगर्ने बताउनुभएको छ ।

आज रुपन्देहीमा आयोजित कार्यक्रममा अध्यक्ष प्रचण्डले संविधानमा आम उत्पीडित समुदायका अधिकार सुनिश्चित गरिएको भएपनि परिवर्तन विरोधीहरूले अधिकार खोस्ने प्रयास गरिरहेको जिकिर गर्नुभयो ।

अध्यक्ष प्रचण्डले आफ्नो प्रधानमन्त्री कार्यकालमा विदेशमा भएका लाखौँ नेपाली युवाहरू सामाजिक सुरक्षा कोषमा आवद्ध भएका दाबी गर्नुभयो ।

उहाँले २०८४ को निर्वाचनमा माओवादीलाई पहिलो शक्तिका रुपमा स्थापित हुने गरी लाग्न नेता कार्यकर्ताहरूलाई आग्रह गर्नुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button