तपाईँ सुन्दै हुनुहुन्छः

मधेसमा पनि सयपत्री फूलको व्यवसायिक खेती सुरु

बारा । प्रायजसो पहाड र हिमालमा लगाइने सयपत्री फूल अव मधेसको बारा जिल्लाको सिम्रौनगढमा पनि व्यवसायिक रुपमा खेतीगरि किसानहरुले मनग्य आम्दानी गर्न थालेका छन् ।
सिम्रौनगढ क्षेत्र तरकारी र माछाको पकेट क्षेत्रको रुपमा बिकास हुदै आएको भएपनि अहिले सयपत्री फूलको खेतीतर्फ यस क्षेत्रका किसान आकर्षित हुन थालेका छन् । अन्य बालीनालीको तुलनामा सयपत्री फूलको उत्पादनसंगै आम्दानी पनि बढी हुने हँुदा किसानहरु त्यसतर्फ अग्रसर हुन थालेका हुन ।
सिम्रौनगढ नगरपालिका वडा नम्बर ५ ईटवाल टोलका करिब २५ जना किसानले २० बिगहा जतिमा सयपात्री फूलको खेती गर्न थालेका सिम्रौनगढ नगरपालिका वडा नम्बर ८ का किसान रुपलाल कुशवाहाले जानकारी दिनुभयो ।
उहाँले डेढ बिगहा जमीनमा सयपत्रीको खेती गर्नुभएको भएको छ । उहाँसंगै सुरेश कुशवाहा ३ बिगहा, श्री प्रसाद कुशवाहा २ बिगहा, प्रेमचन्द्र कुशवाहा साढे ३ बिगहा सहित दिपेन्द्र, मुकेश, सिकेन्द्र, सोनालाल, सन्तलाल, कुन्दन, सुरेश सानो, कमल प्रसाद कुशवाहा समेतले सयपत्री फूल लगाउनु भएको किसान रुपलालले बताउनुभयो ।
पहेलो, कथा, सेतो रङ्गका गरि तीन प्रकारका सयपत्री फूल किसानहरुले आफनो खेतमा लगाईका छन् । भारतको कोलकाताबाट बिउँ ल्याई बिरुवा तयार गर्ने गरेको स्थाीनय किसान प्रेमचन्द्रले बताउनुभयो ।
एक कठ्ठा जग्गामा ८ सय देखि ९ सय बिरुवा लगाउनु पर्दछ भने ३ महिनामा फूल तयार हुन्छ । एक कठ्ठामा खेती गर्दा १५ हजार जति खर्च हुन्छ भने उत्पादन करिब १ लाख भन्दा बढीको हुने गरेको किसान सोनेलाल कुसवाहाले बताउनुभयो ।
एक कठ्ठामा लगाएको सयपत्रीबाट ३५ देखि ४० वटा सम्म माला तयार हुन्छ र एउटा मालाको ४० देखि ५० रुपैयाँ सम्ममा बिक्री हुने गरेको किसानहरुको भनाई रहेको छ ।
उत्पादन भएको फूल सिम्रौनगढ, बरियापुर, कलैया, बिरगंज, हेटौडा, चितवन, पोखरा, काठमाडौ, बुटवल जनकपुर लगायतका ठाँउहरुमा बिक्री बितरण भईरहेको किसान रुपलालले बताउनुभयो ।
तर फूलको बजारीकरण नहुँदा कतिपय अवस्थामा टिपेको फूल कुहिएर नष्ट हुने गरेको किसान सुरेशलाल कुशवाहाँले जानकारी दिनुभयो । फूलका बजारीकरणका लागि स्थानिय सरकार र प्रदेश र संघ सरकारले व्यवस्थापन गर्नुपर्ने रुपलालको सुझाव रहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button