आफैले काटेको रुखले च्याप्दा एकको मृत्यु
तनहुँ । आफैले काट्दै गरेको रुख एक्कासी आफैतिर ढलेपछि च्यापिएर तनहुँको भिमादमा एक व्यक्तिको मृत्यु भएको छ ।
भिमाद नगरपालिका ६ रङ्गशाला नजिक रहेको सिसौ घारीमा रुख काट्ने क्रममा रूखले च्यापेर सोही वडाको कुमालडाँडा फेदिका ५८ बर्षीय शेर बहादुर कुमालले मृत्यु भएको हो । बिहीबार बिहान करिब १० बजेको समयमा सुकेको सिसौको रुख काट्ने क्रममा च्यापिदा कुमाल गम्भीर घाइते हुनुभएको थियो । उहाँको उपचारको लागि प्राथमिक स्वास्थ्य केन्द्र भिमाद लगे पनि अस्पतालले मृत घोषणा गरेको थियो ।
इलाका प्रहरी कार्यालय भिमादका अनुसार युवा क्लब भिमादले स्थानीय कमल राईलाई सुकेको दाउरा बेचेको र राईले मृतक शेरबहादुर कुमाल र अर्का एक जनालाई दाउरा काट्नका लागि खटाएको बुझिएको छ । घटनाबारे आवश्यक अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय भिमादले जनाएको छ ।








प्रतिक्रिया राख्नुहोस्