तपाईँ सुन्दै हुनुहुन्छः

प्रधानमन्त्री ओलीलाई विश्वासको मत दिन काँग्रेसको ह्वीप

काठमाडौँ । नेपाली काँग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत दिन ह्विप जारी गरेको छ ।

संघीय संसद् भवन नयाँ बानेश्वरमा आज बसेको कांग्रेस संसदीय दलको बैठकले प्रधानमन्त्री ओलीले राख्नु हुने विश्वासको मतको प्रस्तावको पक्षमा मतदान गर्न र तटस्थ नबस्न ह्विप जारी गरेको प्रमुख सचेतक श्यामकुमार घिमिरेले जानकारी दिनुभयो ।

बैठकले बङ्गलादेशमा चलिरहेको आन्दोलनबाट प्रभावित नेपाली विद्यार्थी र त्यहाँ रहेका नेपाली नागरिकको सुरक्षा एवं इच्छुकहरूलाई स्वेदश फिर्तीको सहज वातावरण बनाउन सरकारसँग माग गरेको छ ।

यस्तै बैठकले अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा बाढी, पहिरो र डुबानमा परी प्रभावित तथा विस्थापित हुने नागरिकका लागि उचित राहत तथा व्यवस्थापन, बेपत्ताहरूको खोजी उद्धार, घाइतेहरूको निःशुल्क उपचारको व्यवस्था गर्न सरकारसँग माग गरेको पनि प्रमुख सचेतक घिमिरेले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button