चालु अधिवेशनमै निजामती सेवा ऐन आउँछ : मन्त्री जोशी

काठमाडौँ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री भानुभक्त जोशीले संसद्को चालु अधिवेशनबाटै संघीय निजामती सेवा ऐन पारित हुने बताउनुभएको छ ।
मन्त्रालयको जिम्मेवारी सम्हालेको १ सय दिन पुगेको अवसरमा आज सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री जोशीले निजामती सेवा विधेयकलाई समृद्ध बनाउन राजनीतिक दल कर्मचारी वृत्तमा वृहत् छलफल भइरहेकोले सबैको सहमतिमा चाँडै ऐन पारित हुने बताउनुभयो ।
मन्त्री जोशीले आफ्नो कार्यकालमा स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृत खटाउने कार्यविधि र कर्मचारी सरुवा मापदण्ड बनाउने कार्यलाई प्राथमिकता दिइएको बताउनुभयो ।
उहाँले आवश्यक कानून र कार्यविधि नहुँदा कर्मचारी खटनपटनमा समस्या देखिएको भन्दै कानून निर्माणलाई प्राथमिकतामा राखिएको जानकारी दिनुभयो ।
प्रतिक्रिया राख्नुहोस्