पानीको बहाव बढेसँगै अरुण नदीमा सञ्चालित फेरी बन्द
भोजपुर । भोजपुरको उत्तरी क्षेत्र र सङ्खुवासभा जोडने अरुण नदीको सतिघाटमा सञ्चालित फेरी बिहीबारबाट बन्द हुने भएको छ । मनसुनसँगै अरुण नदीमा पानीको बहाव बढेकाले फेरी सञ्चालन बन्द गरिएको हो ।
भोजपुरको उत्तरी क्षेत्रलाई तराईसँग सिधा जोड्ने षडानन्द नगरपालिका वडा नम्बर छ र खाँदबारी नगरपालिका वडा नम्बर नौ सतिघाट स्थित अरुण नदीको फेरी पुन सञ्चालनमा आएको हो । षडानन्द नगरपालिकाले सूचना जारी गर्दे अर्को सूचना जारी नहुञ्जेलसम्म फेरी सञ्चालन नहुने जनाएको हो । अरुण नदीमा पक्की पुल नहुँदा भोजपुरको उत्तरी क्षेत्रका लागि सवारी साधन, दैनिक उपभोग्य वस्तु तथा यात्रु तार्ने एक मात्र माध्यम फेरी बनेको छ । फेरीले एकै पटकमा चार वटासम्म साना सवारीसाधन तार्ने गरेको छ ।
संघीय सांसद क्षेत्र विकास कोषबाट ७५ लाख, प्रदेश सांसद क्षेत्र विकास कोषबाट ७५ लाख र षडानन्द नगरपालिकाको ५५ लाख लागतमा फेरी निर्माण गरिएको हो । फेरीबाट दैनिक एक सय बढी साना ठूला सवारीसाधन तार्ने गरिएको छ ।
प्रतिक्रिया राख्नुहोस्