तपाईँ सुन्दै हुनुहुन्छः

विद्यालय स्तरमा विश्व योग दिवस मनाइने

काठमाडौँ । नेपाल सरकारले आगामी असार ७ (२१ जुन) गते विश्व योग दिवसलाई विद्यालय स्तरमा पनि मनाउने निर्णय गरेको छ । 

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठको अध्यक्षता आज बसेको मूल समारोह समितिको बैठकले ‘महिला सशक्तीकरणका लागि योग’ नाराका साथ विद्यालय स्तरमा दिवस मनाउने निर्णय गरेको हो । 

बैठकले प्रदेश र स्थानीय तहमा समेत योग दिवस मनाउन पत्राचार गरिनुका साथै विद्यालय स्तरमा दिवस मनाउन सबै शिक्षा विकास तथा समन्वय एकाइमार्फत विद्यालयहरूलाई अनुरोध गर्ने निर्णय गरिएको मन्त्री श्रेष्ठको सचिवालयले जनाएको छ ।रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button