तपाईँ सुन्दै हुनुहुन्छः

दाँत परीक्षणका लागि प्रधानमन्त्री वीर अस्पतालमा

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ दाँतको परीक्षणका लागि आज दिउँसो वीर अस्पताल पुग्नुभएको छ ।

आज बिहानदेखि उहाँको दाँत दुखेपछि प्रधानमन्त्री दन्त परीक्षणका लागि वीर अस्पताल पुग्नुभएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । 

हाल वीर अस्पतालका चिकित्सक रितु श्रेष्ठ नेतृत्वको चिकित्सकहरूको समूहले प्रधानमन्त्रीको दाँतको परीक्षण र उपचार गरिरहेको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button