तपाईँ सुन्दै हुनुहुन्छः

कम्युनिष्ट एकताको विकल्प छैन : पूर्व मुख्यमन्त्री गुरुङ

तनहुँ । गण्डकी प्रदेशका पूर्व मुख्यमन्त्री तथा एमालेका नेता पृथ्वी सुब्बा गुरुङले देशको विकास गर्नका लागि कम्युनिष्ट पार्टीहरूबिच एकताको विकल्प नभएको बताउनुभएको छ ।

एक कार्यक्रममा सहभागी हुन तनहुँको दुलेगौँडा आउनुभएका नेता गुरुङले कम्युनिष्ट पार्टीहरू एक नभए देशको अवस्था थप दयनीय बन्ने दाबी गर्नुभयो ।

उहाँले तत्काल पार्टी एकता गर्न नसकिएता पनि कार्यगत एकता गरेर अघि बढ्नुपर्नेमा जोड दिनुभएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button