तपाईँ सुन्दै हुनुहुन्छः

कोल्माकोटमा क्रस कन्ट्री दौड प्रतियोगिता सम्पन्न

तनहुँ । तनहुँ र स्याङ्जा जिल्लाको सीमा स्थल कोल्माकोटमा आयोजना गरिएको चौथो संस्करणको क्रस कन्ट्री दौड प्रतियोगिता सम्पन्न भएको छ ।

स्याङ्जाको पुतली बजार नगरपालिका ९ कोल्माकोट हुँदै तनहुँको राईपुर बिसौना लगायतका स्थानहरूको प्रचार गर्ने उद्देश्यसहित सात सय कोल्मा बाहकोट सम्पर्क मञ्चले आयोजना गरेको प्रतियोगिता विभिन्न कार्यक्रम सहित शनिबार सम्पन्न भएको हो ।

प्रतियोगितामा पुरुष तर्फ २५ किलोमिटर र १० किलोमिटर तथा महिलाका लागि पाँच किलोमिटर गरि तीन विधामा दौड प्रतियोगिता आयोजना गरिएको थियो । प्रतियोगिताको २५ किलोमिटर क्रस कन्ट्री दौड रामेछापका गोपाल तामाङ्गले १ घण्टा ३१ मिनेट ५६ सेकेण्डमा पुरा गर्दै गरेर प्रथम हुनुभयो । यस्तै निर्धारित दुरी १ घण्टा ३३ मिनेट ४३ सेकेण्डमा पुरा गर्दै सञ्जय श्रेष्ठ दोस्रो र १ घण्टा ३४ मिनेट २ सेकेन्ड समय लगाएर सुशील कुमार शाही तेस्रो हुनुभयो । उहाँहरूले क्रमशः नगद ५० हजार, ४० हजार र ३० हजार पुरस्कार सहित शिल्ड, मेडल र प्रमाण पत्र प्राप्त गर्नुभयो ।

यस्तै १० किलोमिटर तर्फ ४१ मिनेट १४ सेकेन्डमा पुरा गर्दै प्रथम, ४२ मिनेट ४३ सेकेण्डमा पुरा गर्दै तेन्जोन रोका द्वितीय र ४२ मिनेट ५५ सेकेण्डमा निर्धारित दुरी पार गर्दै मनोज रोका तृतीय हुन सफल हुनुभयो । उहाँहरूले पुरस्कार स्वरूप क्रमशः नगद २० हजार, १५ हजार,१० हजार सहित शिल्ड, मेडल र प्रमाण पत्र प्राप्त गर्नुभएको थियो ।

महिला तर्फको ५ किलोमिटर दौडेर जुम्लाकी राम माया बुढा प्रथम हुनुभयो । उहाँले २१ मिनेट १८ सेकेण्डमा निर्धारित दुरी पार गर्नुभएको थियो । यस्तै २३ मिनेट १६ सेकेन्ड समय लगाएर दाङकी सुस्मिता कुमारी चौधरी द्वितीय र २५ मिनेट ३७ सेकेण्डमा दुरी पुरा गर्दै पोखराकी नितु तामाङ्ग तृतीय हुन सफल हुनुभयो । उहाँहरूले क्रमशः १५ हजार, १० हजार र पाँच हजार सहित शिल्ड मेडल र प्रमाण पत्र पुरस्कार पाउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button