तपाईँ सुन्दै हुनुहुन्छः

सङ्घीय लोकतान्त्रिक गणतन्त्रको संस्थागत विकासमा लाग्नुपर्छ : मुख्यमन्त्री पाण्डे

तनहुँ । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सहिदको बलिदानबाट प्राप्त भएको सङ्घीय लोकतान्त्रिक गणतन्त्रको संस्थागत विकास लाग्नुपर्ने बताउनुभएको छ ।

सहरी विकास मन्त्रालय काठमाडौँद्वारा आज आयोजित व्यास नगरपालिका–३ स्थित बिपी वन बाटिकामा निर्माण गरिएको दमौली सभाहल उद्घाटन कार्यक्रममा उहाँले सबै दल, सबै राजनीतिक शक्ति, सबै जनता एक ठाउँमा उभिएर अहिलेसम्म प्राप्त गरेको उपलब्धिलाई संरक्षण गर्नु आजको आवश्यकता भएको औँल्याउनुभयो ।

सामाजिक सद्भाव खलबलाएर उद्देश्य पूर्ति गर्न खोज्नु प्राप्त भएका उपलब्धिलाई समाप्त पार्ने खेल भएकाले यस्ता तत्त्वदेखि सदैव सचेत हुन आवश्यक रहेको उहाँले बताउनुभयो ।

कृषकलाई उत्पादनका आधारमा अनुदानको व्यवस्था गरेका छौँ, उहाँले भन्नुभयो, “स्वदेशमा बसेर केही गर्न चाहने युवालाई कृषि, उद्योग लगायतका क्षेत्रमा अनुदानसहित सहयोग गर्न गइरहेका छौँ ।” सङ्घ, स्थानीय र प्रदेश सरकारको संयुक्त प्रयासमा आर्थिक समृद्धि बढाउने किसिमका कार्यमा सक्रिय भएर लाग्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button