बिपी जयन्तीको अवसरमा बालबालिकालाई फलफूल वितरण

बारा । नेपाल विद्यार्थी संघ बाराले आज अमृता अनाथालयमा रहेका बालबालिकाहरूलाई फलफूल वितरण गरेको छ ।
नेपाल विद्यार्थी संघका अध्यक्ष राकेश पाण्डेको अध्यक्षतामा १०९औँ बिपी जयन्तीको अवसरमा बालबालिकाहरूलाई फलफूल वितरण गरेको हो ।
बिपी जयन्ती कै अवसरमा नेपाली काँग्रेस पार्टी कार्यालय कलैयामा रहेको बिपीको सालिकमा फुलमाला अर्पण समेत गरिएको छ ।
प्रतिक्रिया राख्नुहोस्