राष्ट्रिय जनमोर्चाका सांसद थापा पदमुक्त
![](http://onlineradionepal.gov.np/wp-content/uploads/2021/05/Krishna-Thapa1620801328.jpg)
पोखरा । सर्वोच्च अदालतले गण्डकी प्रदेश सभा सदस्य कृष्ण थापालाई पदमुक्त गर्ने राष्ट्रिय जनमोर्चा र गण्डकी प्रदेशसभा सचिवालयको निर्णयलाई सदर गरेको छ ।
न्यायाधीश विश्वम्भर प्रसाद श्रेष्ठ र कुमार रेग्मीको संयुक्त इजलासले थापालाई उहाँको पार्टी राष्ट्रिय जनमोर्चाले गरेको निष्कासनको कारबाही कानुन बमोजिम नै रहेको ठहर गर्दै सोमबार कारबाही सदर गरेको हो ।
पहिलो पटक प्रदेश सभाबाट निलम्बित सांसद थापालाई सर्वोच्च अदालतले पुनर्बहाली गर्न अन्तरिम आदेश दिएको थियो ।
थापालाई पुनर्बहाली गर्ने सर्वोच्च अदालतको अन्तरिम आदेश खारेजीको माग गर्दै प्रदेशसभा सभामुख नेत्रनाथ अधिकारी, प्रदेशसभा सचिवालय र राष्ट्रिय जनमोर्चाको तर्फबाट अलग–अलग पुनरावलोकन (भ्याकेट) को निवेदन दर्ता भएको थियो ।
पहिलो पटक पनि पार्टीको ह्विप पालना नगरेको भन्दै कारबाहीमा परेका थापालाई फेरि ह्विप पालना नगरेको भनेर कारबाही गरिएको थियो ।
प्रतिक्रिया राख्नुहोस्